निःशुल्क वितरण गर्नुपर्ने कोभिड खोप बेचेको छानबिन समितिको ठहर (प्रतिवेदन सहित)
कोभिड-१९ विरुद्धको खोप बेचेको सरकारी छानबिन समितिको ठहर छ।
२४ लाख खोप हराएको विषयमा चर्को आलोचना भएपछि गठित समितिले निःशुल्क दिनुपर्ने खोप लगाउँदा पैसा लिएको पाइएको प्रतिवेदन बुझाएको हो। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको प्रतिवेदनमा उल्लेख छ।
समितिले अनियमितता गर्नेलाई कारबाही सिफारिश गर्न समिति गठन गर्नुपर्ने माग समेत गरेको छ।
सरकारले १६ माघमा डा. गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो।