बझाङमा डेढ हजार मत गन्न बाँकी, कसको कति?
प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनमा बझाङ १ ‘क’ को मतगणना अन्तिमतिर पुगेको छ।
निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म २८ हजार ५६८ मत गणना भएको छ। यो क्षेत्रमा ३० हजार ३२८ मत खसेको थियो।
अहिलेसम्मको मतगणनामा नेकपा (एमाले)का दमनबहादुर भण्डारी ११ हजार १०३ मत सहित अग्रस्थानमा छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहको १० हजार ७६१ मत छ।
त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले तीन हजार ७९७ मत पाएका छन्। नेकपा (एकीकृत समाजवाद)का दिलबहादुर सिंहको दुई हजार ५१० मत छ।
