इलाममा डकेन्द्र पनि आए प्रतिस्पर्धामा, कसको कति मत?
![इलाममा डकेन्द्र पनि आए प्रतिस्पर्धामा, कसको कति मत?](https://www.himalkhabar.com/uploads/posts/800X600/suhang-dekendra-1714370462.jpg)
इलाम २ का स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू पनि प्रतिस्पर्धामा आएका छन्।
शुरूआतदेखि फराकिलो मतान्तरमा रहेका लिम्बू सोमबार बिहानदेखि प्रतिस्पर्धामा आउन थालेका हुन्। निर्वाचन आयोगका अनुसार सोमबार साढे १२ बजेसम्म २९ हजार १५२ मत गणना हुँदा लिम्बू दोस्रो नम्बरमा रहेका कांग्रेसका डम्बरबहादुर खड्कासँग प्रतिस्पर्धामा देखिएका छन्।
स्वतन्त्र उम्मेदवार लिम्बूले सात हजार ४५२ मत पाएका छन् भने दोस्रो नम्बरमा रहेका कांग्रेसका उम्मेदवार खड्काको सात हजार ६५९ मत छ।
नेकपा (एमाले)का सुहाङ नेम्वाङको ११ हजार ६१९ मत छ। उनी शुरूआतदेखि नै अग्रस्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले एक हजार ५९६ मत पाएका छन्। इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो।
![dakendra.JPG](https://www.himalkhabar.com/uploads/editor/election/ilam_2/dakendra.JPG)