राप्रपा अध्यक्ष लिङ्देनले गरे पदाधिकारी र विभाग प्रमुखको मनोनयन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी र विभाग प्रमुखको मनोनयन गरेका छन्।
राप्रपाको विधान बमोजिम विभिन्न पदाधिकारी र विभाग प्रमुख मनोनयन गरेको जनाएका छन्। उनले उपाध्यक्षमा लमजुङका हेमराज गुरुङ र सुर्खेतका मुकुन्दश्याम गिरीलाई मनोनयन गरेका छन्।
त्यस्तै, महामन्त्रीमा ओखलढुंगाका राजेन्द्र गुरुङ र मोरङका प्रह्लादप्रसाद साहलाई ल्याएका छन् भने सहमहामन्त्रीमा बाराका मोहनप्रसाद यादव, कालिकोटका धनबहादुर बुढा, अछामका श्यामबहादुर शाही, काठमाडौंका प्रकाश रिमाल, भक्तपुरका रवीन्द्रप्रताप शाह, नुवाकोटका झनक प्याकुरेल र चितवनका रीना गुरुङलाई मनोनयन गरेका छन्।
यसै गरी सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने, दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रुपन्देहीका ताहिर अली र नुवाकोटका दीपककुमार राईलाई ल्याएका छन्।
अध्यक्ष लिङ्देनले प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनयन गरेका छन्। सहायक प्रवक्तामा पनि दोलखाका प्रविनकुमार थोकर तामाङ, मोरङका दिनेशकुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई ल्याएका छन्।
त्यस्तै, आर्थिक विभाग प्रमुखमा भक्तपुरका दिनेश श्रेष्ठ, धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा ललितपुरका पुष्पराज पुरुष, सूचना तथा प्रविधि विभाग प्रमुखमा खोटाङका रविन चाम्लिङ, तराई मधेश विभाग प्रमुखमा सिराहाका रामप्रताप साह (भोला), अभिलेख तथा मूल्याङ्कन विभाग प्रमुखमा काठमाडौंकी मीना सुवेदी र सहकारी समन्वय विभाग प्रमुखमा काठमाडौंका सुदर्शन थापालाई मनोनयन गरेका छन्।