काठमाडौंमा मास्कबिना गाडीमा चढ्न नपाइने
![काठमाडौंमा मास्कबिना गाडीमा चढ्न नपाइने](https://www.himalkhabar.com/uploads/posts/800X600/ktm_1622720701.jpg)
कोभिड-१९ को संक्रमण बढ्न थालेपछि काठमाडौं उपत्यकामा मास्कबिना सार्वजनिक सवारी साधनमा चढ्न नपाइने भएको छ।
काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी बैठकपछि जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने निर्णय भएको छ। बैठकपछि काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा सार्वजनिक सवारी सधानमा मास्कको प्रयोग अनिवार्य गरिएको जनाइएको छ।
आदेशमा भनिएको छ, “सार्वजनिक सवारी साधानहरू स्वीकृत सीट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रुपमा मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउने तथा अनिवार्य रुपमा सवारी साधान दैनिक स्यानिटाइजर गर्नुपर्ने।”
![](https://www.himalkhabar.com/uploads/editor/Covid%2019/ktm/adesh%20ktm_27%20(1).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Covid%2019/ktm/adesh%20ktm_27%20%282%29.jpg)