मंसीर महीनाको प्रथम बीमा शुल्क सङ्कलनमा नेपाल लाइफको अग्रता

मंसीर महीनाको प्रथम बीमा शुल्क सङ्कलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ।
कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महीना अर्थात् मंसीर अन्त्य सम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो।
आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अन्त्यसम्म कम्पनीसँग रु.११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी र रु.४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी गरेको छ। नेपाल लाइफको रु.७.१९ अर्बको सर्वाधिक चुक्ता पूँजी छ।