आईएमई इन्सुरेन्सद्वारा ७४८ अभिकर्तालाई तालीम
आईएमई लाइफ इन्सुरेन्सले स्थापनाको पाँचौं वर्ष पूरा गरेको अवसरमा ७४८ जना नयाँ अभिकर्तालाई बीमा तालीम प्रदान गरेको छ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले एकैदिन पाँच सय अभिकर्तालाई बीमा तालीम दिने लक्ष्य राखिएकोमा ७४८ जनालाई तालीम प्रदान गर्न सफल भएको बताए। आईएमई लाइफ इन्सुरेन्सका काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज, गोंगबु, गट्ठाघर लगायतका शाखा मातहतका अभिकर्तालाई तालीम दिइएको हो।
त्यस्तै, उपत्यका बाहिर बिर्तामोड, विराटनगर, इँटहरी, धरान, मिर्चैया, वीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गिया, खजुरा, राप्ती सोनारी, भैरहवा, नेपालगञ्ज, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुनर्वास, महेन्द्रनगर लगायतका स्थानमा तालीम प्रदान गरिएको कम्पनीले जनाएको छ।