आइएमई लाइफ इन्स्योरेन्सद्वारा सुर्खेतमा तालीम सञ्चालन
![आइएमई लाइफ इन्स्योरेन्सद्वारा सुर्खेतमा तालीम सञ्चालन](https://www.himalkhabar.com/uploads/posts/800X600/AML_CFT_2_1640690949.jpg)
आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत, कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालीम प्रदान गरेको छ।
तालीममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरणको लक्ष्य लगायत विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयाल, हेड एजेन्सी बिजनेस कर्मराज पौडेल, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख प्रेम तिमल्सिना, प्रमुख वित्त अधिकृत जगत बोहरा, प्रशासन र मानव संशाधन विभाग प्रमुख मनोज चौधरी लगायतको उपस्थिति थियो ।