यसरी भयो पुनर्निर्माण गरिएको रानीपोखरीको उद्घाटन (तस्वीरहरु)
![यसरी भयो पुनर्निर्माण गरिएको रानीपोखरीको उद्घाटन (तस्वीरहरु)](https://www.himalkhabar.com/uploads/posts/800X600/Ranipokhari-inauguaration_1603281318.jpg)
राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छिन्। साढे पाँच वर्षअघि १२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गरिन्। सबै सांस्कृतिक सम्पदालाई मौलिक स्वरुपमा निर्माण गर्न सक्षम हुने पनि उनले आशा व्यक्त गरिन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/rani%20pokhari%20inaguration/ranipokhari1.jpg)
करीब ३०० वर्षअघि कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको छुट्टै सांस्कृतिक महत्व भएको पनि राष्ट्रपति भण्डारीले बताइन्। उनले भनिन्, “रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुरानै शैलिमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको छ। यसबाट काठमाडौं उपत्यकाको विकास मात्रै नभई पर्यटकका लागि समेत आकर्षणको केन्द्र बन्न मद्दत पुग्ने छ।”
रानीपोखरीको पुननिर्माणका लागि २ माघ २०७२ मा राष्ट्रपति भण्डारीले नै शिलान्यास गरेकी थिइन्। यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुननिर्माण गरिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/rani%20pokhari%20inaguration/ranipokhari3.jpg)
रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलिबाट निर्माण गरिएको हो। त्यसैले शिलान्यास भएको करिब पाँच वर्षपछि मात्रै पुनर्निर्माण सम्पन्न भएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/rani%20pokhari%20inaguration/ranipokhari%20cover.jpg)
रानीपोखरीसँगै ऐतिहासिक दरबाहर हाइस्कुलको समेत उदघाटन भएको छ। राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षतिग्रस्त भवनलाई पुरानै शैलिमा निर्माण गर्न सहयोग पु¥याउने चीन सरकारप्रति धन्यवाद व्यक्त गरिन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/rani%20pokhari%20inaguration/ranipokhari2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/rani%20pokhari%20inaguration/ranipokhari5.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/rani%20pokhari%20inaguration/ranipokhari7.jpg)