कला/साहित्य सोमबार, साउन ५, २०७७

मीनबहादुर भामको ‘चिसो वर्ष’ को पटकथाले जित्यो एक करोड

हिमालखबर

मीनबहादुर भामको ‘चिसो वर्ष’ को पटकथाले जित्यो एक करोड

मीनबहादुर भामको निर्माणाधीन चलचित्र ‘चिसो वर्ष’ को पटकथाले टर्कीमा ७५ हजार युरो (करीब रु‍. १ करोड) पुरस्कार पाएको छ । टर्कीको ‘१२ पुन्टो स्क्रिप्ट ल्याब’ ले यो पुरस्कार दिएको हो। 

‘चिसो वर्ष’ को छायांकन यही वर्षको अप्रिल र मे महीनामा गर्ने तयारी रहेकोमा कोरोनाभाइरस महामारीका कारण अर्को वर्षका लागि सरेको छ । यो चलचित्र हिमाली जिल्लाहरुमा प्रचलित बहुपति प्रथामा आधारित छ । तीन जना पतिले छोडेपछि मुख्य पात्र पेमाको जीवनमा आइपरेको कठिनाइलाई चलचित्रको विषयवस्तु बनाइएको छ।

२०७४ सालमा निर्माणको घोषणा भएको ’चिसो वर्ष’ ले दुई वर्षअघि स्विट्जरल्यान्डको लोकार्नो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ६ हजार युरो जितेको थियो।

भामले तीन वर्षअघि बनाएको 'कालो पोथी' ले दर्शक र समीक्षकबाट राम्रो प्रशंसा बटुलेको थियो भने विभिन्न अन्तर्राष्ट्रिय पुरस्कार पनि पाएको थियो।

प्रतिकृया दिनुहोस