रिलायन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
![रिलायन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न](https://www.himalkhabar.com/uploads/posts/1594632165Photo_for_Press_Release.jpg)
रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २८ असारमा तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ।
सभाले सञ्चालक समितिको आ.व. २०७५\७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५\७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुको प्रस्ताव पास गरेको छ।
यसैगरी कम्पनीको आ.व.२०७६\०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने प्रस्तावहरु पनि सभाले पारित गरेको छ।
साथै, सो सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सोलाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पनि पारित गरेको छ।
कम्पनीले १ मंसीर २०७४ देखि विधिवत् रुपमा जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा\उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ। सभाकाे अध्यक्षता ताराचन्द केडियाले गरेका थिए।