कला/साहित्य मंगलबार, असार २३, २०७७

सुशान्तसिंह अभिनीत ‘दिल बेचारा’ ट्रेलरले तोड्यो ‘एभेन्जर्सः इन्डगेम’को यूट्युब रेकर्ड

हिमालखबर

सुशान्तसिंह अभिनीत ‘दिल बेचारा’ ट्रेलरले तोड्यो ‘एभेन्जर्सः इन्डगेम’को यूट्युब रेकर्ड

सुशान्तसिंह राजपूत अभिनीत चलचित्र ‘दिल बेचारा’को ट्रेलरले यूट्युबमा कम समयमा सबै भन्दा बढी 'लाइक' पाउन सफल भएको छ।

रिलिजको २४ घन्टा भन्दा कम समयमा ‘दिल बेचारा’ ले ५.४ मिलियन लाइक पाएको छ। 

‘दिल बेचारा’को याे ट्रेलरले यसअघि कम समयमा बढी लाइक पाउने रेकर्ड बनाएकाे अंग्रेजी चलचित्र ‘एभेन्जर्सः इन्डगेम’लाई  पछि पारेको हाे। 

अभिनेता राजपूतकाे गत जुन १४ मा निधन भएकाे छ । उनले आत्महत्या गरेका थिए । उनको आत्महत्यामा बलिउडमा व्यापक नातावादलाई कारक बताइएको छ। 

‘दिल बेचारा’ मा सुशान्तसिंह र सजना संघीकाे अभिनय रहेकाे छ। 

अहिले ‘दिल बेचारा’को ट्रेलर यूट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा रहेको छ । चलचित्र जुलाई २४ मा रिलिज हुने जनाइएको छ।

 

प्रतिकृया दिनुहोस