कला/साहित्य शुक्रबार, असार ५, २०७७

अनलाइन नाट्य प्रतियोगिता गर्दै शब्द थिएटर

हिमालखबर

अनलाइन नाट्य प्रतियोगिता गर्दै शब्द थिएटर

शब्द थिएटरले बन्दाबन्दीको सदुपयोग गर्दै शिल्पकला र अभिनयात्मक कलामा प्रोत्साहन तथा कला र साहित्यलाई जोड्नको लागि अनलाईन नाट्य प्रतियोगिता गर्ने भएको छ ।

आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा कवि आचार्यकै कृतिमाथी अनलाइन नाटक प्रतिययोगिता गर्ने तयारी गरेको थिएटरले जनाएको छ ।

स्थानीय परिवेश र मौलिकता झल्किने कलात्मक नाटकको खोजी गर्नको लागि प्रतियोगिता गर्न लागेको आयोजक जीवन बरालले बताए । प्रतियोगितामा जुनसुकै उमेर समूहका, नेपालका कुनै पनि राष्ट्रिय भाषामा तयार गर्न सकिनेछ ।

नाटक एकल वा बढीमा दुई जनाले नाटक बनाउनुपर्ने छ । बढीमा १० मिनेटसम्मको मात्र हुनुपर्ने, १० मिनेटभन्दा लामो नाटक प्रतियोगितामा समावेश गरिने छैन । नाटकको भिडियो सम्पादन गर्न नपाईने र फिक्स फ्रेममा हुनुपर्ने छ ।

प्रतियोगीले आदिकबि भानुभक्त आचार्य कै कृतिमाथी नाटक तयार पारी यहि असार २५ गतेभित्र पठाईसक्नुपर्ने छ । नाटक शब्द थिएटरको ईमेल shabdatheatre@gmail.com अथवा सम्पर्कमा भएका ब्यात्तिहरूको ईमेल, ह्वाटएप्स, मेसेन्जर, भाईबरमार्फत पनि बुझाउन सकिनेछ ।

प्रतियोगितामा सहभागी हुन अनुरोध गर्दै शब्द थिएटरले पुरस्कारको राशी समेत सार्वजनिक गरेको छ । विजेताहरूले प्रथम पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १० हजार, तृतीय पुरस्कार ५ हजार र प्रमाणपत्र रहेको छ ।

पुरस्कृत नाटक शब्द थिएटर मार्फत २०७७, २९  असारमा सार्वजनिक हुनेछ ।

प्रतिकृया दिनुहोस