पीसीआर परीक्षण बढाउन माग गर्नेमाथि पानीको फोहाेरा (तस्वीरहरु)
क्वारेन्टिनमा बसेका सबैलाई पीसीआर प्रणालीबाट परीक्षण गरिनुपर्ने माग सहित प्रदर्शनमा उत्रिएका माथि प्रहरीले पानीको फोहाेरा हानेको छ। सरकारले क्वारेन्टिनमा रहेका सबैलाई पीसीआर नगर्ने सरकारले निर्णय गरेपछि बालुवाटार अगाडि प्रदर्शन भएको थियो।
सामाजिक दूरी राख्दै गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहाेरा हानेको हो। सरकारले क्वारेन्टिनमा बसेका सबैलाई पीसीआर परीक्षण नगर्ने गरी कार्यविधि बनाएको छ।
संक्रमितको सम्पर्कमा रहेका र आइसोलेसनमा राखिएकाहरुलाई मात्रै पीसीआर परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गरेको छ।