ब्लग विहीबार, वैशाख ११, २०७७

'हेलो ज्ञानेन्द्र, हेलो पिटर!'

हिमालखबर

'हेलो ज्ञानेन्द्र, हेलो पिटर!'
पूर्व राजा ज्ञानेन्द्र र पिटर जे कार्थक ।

म सन् १९४३ मा सिलोङमा जन्मेको हुँ । दोस्रो महायुद्ध सिद्धिएकै समयमा मेरा आमा र बाबुको छुट्टानाम भएपछि म र मेरो भाइलाई काखी च्यापेर माइतीको शरण लिन आमा दार्जीलिङ फर्केपछि मेरो दार्जीलिङ बास हुनथालेको हो ।

हाम्रो मावली नोरबस्ती हो । जुन, नौ हजार फिटको उँचाइमा हुँदो हो । त्यसलाई दार्जीलिङ शहरको ठीक उल्टा सिक्किमतिर हेर्दा देखिन्छ । त्यहाँ पुग्न दुई दिन पूरा हिँड्नुपर्छ ।

दार्जीलिङ शहरको छेउ सिंगमारीबाट ओह्रालो सिंगताम चिया बगान उँधोमुन्टो हिँडेपछि तल फेदमा पुलबजार र विजनबारी आइपुगिन्थ्यो । त्यहाँबाट नाक छुने उकालो लागेपछि नोरबस्ती पुगिन्थ्यो । नौ/दश हजार फिटमा रहेको दार्जीलिङबाट दुई चार सय फिट तल पुलबजार र विजनबारीमा झ्र्दा हप्हपी गरम हुन्थ्यो ।

भगौटे सम्झ्नाः सबभन्दा दायाँ पीटर । सौजन्यः किरण प्रधान

अचेल नोरबस्तीलाई अप्पर (माथिल्लो) नोर र लोवर (तल्लो) नोरमा बाँडिएको छ । हाम्रो घर अप्पर नोरबस्तीमा पर्छ । म त्यहाँकै गाउँले वा किसान भइरहेको भए अहिलेसम्म मरिसक्थेँ । बाँचेको भए दुई तीन वटा स्वास्नी बिहा गरिसकेको हुनेथिएँ । अल्प आयु गाउँबस्तीको पेवा हो । आफूसँग गोठाला र खेताला गरेका टाउके, टेकु, लालबहादुर, गणेश जस्ता लिम्बू साथीहरू अझसम्म बूढो भइसके होलान्, कति मरिसके होलान्।

पुलबजार र विजनबारी। नेवार र बिहारी आवादी भएको व्यापारिक र सरकारी केन्द्र थियो भने बाहुन, तामाङ, घलेहरूका गाउँहरू हुँदै टुप्पोको नोरबस्ती एउटा घना लिम्बू गाउँ हो । केही मुन्तिर राईहरू थिए । मेरो पालामा नोरबस्ती पैदल हिँडेर जानुपथ्र्यो । तर, आजसम्म पनि नोरबस्ती अनकन्टार र दुर्गम नै छ भन्ने सुन्छु । एउटा घोरेटोसम्म नभएको नोरबस्तीमा स्कूल, स्वास्थ्य चौकी, टेलिफोन र बिजुली नपुग्नुमा कुनै आश्चर्य छैन ।

श्री ५ ज्ञानेन्द्र ।बिहा, भोजभतेरमा प्रिन्स ज्ञानेन्द्रले मीठो स्वरमा नेपाली गीतहरू गाउँथे, तर जहिले पनि नातीकाजी र बच्चु कैलासको मात्रै । मैले गिटार बजाएर साथ दिन्थेँ, उहाँको चाहना नै त्यस्तो हुन्थ्यो ।

तत्कालीन राजा ज्ञानेन्द्र ।

हामी नोरबस्तीबाट वर्षको एक–दुईपल्ट दार्जीलिङ घुम्न, सौदापात गर्न र आफन्त भेट्न आउँथ्यौँ । सन् १९५५ को विदामा हो शायद, दार्जीलिङ शहरमा मलामीको ठूलै लस्कर देखेँ । रुपनारायण सिन्हा भन्ने मान्छे परलोक भएका रहेछन् । ती को थिए भन्नेबारे मलाई ज्ञान थिएन तर आमा र उहाँका साथीहरू एकठाउँ जम्मा भएर रुपनारायण, अच्छा राई रसिक, शिवकुमार राईका कथा÷उपन्यास पढेर रुने–हाँस्ने गर्दथे । नोकरी चाकरीका दुःखलाग्दा वर्णन र प्रेमालापका बयान भएका ती कथाले आमा र उहाँका साथीहरूलाई हँसाउने रुवाउने गर्दा रहेछन् ।

स्कूल जाँदा हाफ प्यान्ट लगाउनु पर्दथ्यो, दार्जीलिङको जाडोमा अप्ठ्यारो नै हुन्थ्यो, खुट्टा ठिहिर्याउँथ्यो । पछि सात क्लासदेखि माथिको सिनियर भएपछि मात्रै फेशने कमिज, प्यान्ट र जुत्ता लगाउन पाइने भइयो, केश काटेर ब्रीलक्रीम लगाउन पाइयो । कुखुरे बैँस र राम्रा केटीहरूमाथि नजर लाउने वर्षहरू यसरी शुरु भयो । फिल्म हेर्ने, डान्स गर्ने, बाजा बजाउने जस्ता शहरिया रहनसहन, चहलपहलभित्र म आफूलाई पाउन थालेँ ।

गाउँ र विजनबारीको पढाइ छिचोलेपछि आमाले हामी दुई भाईलाई पढाउन दार्जीलिङ ल्याएपछि नोरबस्ती सधैँका लागि छोडेकै बराबर भयो । केवल तीन पल्ट – अन्तिमचोटि मामा र माइज्यूको झगडा सामसुम पारी पारपाचुके गराउन – म नोरबस्ती गएको बाहेक त्यो ठाउँसँग खासै कुनै सरोकार रहेन । भएको जग्गाजमिन लिम्बू मामाहरूले कमाइरहेका छन् । कुत र अधियाको हरहिसाब राखिएको छैन ।

म दार्जीलिङ शहरमा दश वर्ष बसेछु, सन् १९५६ देखि १९६६ सम्म । त्यो समयमा म तीनैथरिको दार्जीलिङे भएँ – गाउँले किसान, चिया बगाने र शहरिया । त्यसपछि, तेइस वर्षको उमेरमा नेपालको वीरगञ्ज पसेको मैले काठमाडौँको खालमा नै आफ्नो कौडा फालेपछि दार्जीलिङ वा अन्यत्रको ख्याल प्रायः गरेको छैन ।

दार्जीलिङ आएपछि नोरबस्तीमा लाउने गाउँले लुगा फालेर आधुनिक लत्ता कपडा लाउन थालियो । तर, स्कूले केटाहरू जस्तै खाली खुट्टा हिँड्नुपथ्र्यो, घरको कामकाज पनि हेरिन्थ्यो । स्कूल जाँदा हाफ प्यान्ट लगाउनु पर्दथ्यो, दार्जीलिङको जाडोमा अप्ठ्यारो नै हुन्थ्यो, खुट्टा ठिहिर्याउँथ्यो । पछि सात क्लासदेखि माथिको सिनियर भएपछि मात्रै फेशने कमिज, प्यान्ट र जुत्ता लगाउन पाइने भइयो, केश काटेर ब्रीलक्रीम लगाउन पाइयो । कुखुरे बैँस र राम्रा केटीहरूमाथि नजर लाउने वर्षहरू यसरी शुरु भयो । फिल्म हेर्ने, डान्स गर्ने, बाजा बजाउने जस्ता शहरिया रहनसहन, चहलपहलभित्र म आफूलाई पाउन थालेँ । गाउँले केटो अब शहरिया टिनेजर हुनथालेपछि जीवनले अर्कै मोड लिएको पक्कै थियो ।

म र मेरो भाई टर्नबुल हाइस्कूलमा भर्ना भएका थियौँ । जुन दार्जीलिङको रेलवे स्टेशनकै मास्तिर छ । यसको शताब्दी समारोह एक दुई वर्षमा मनाइँदैछ । यस्तो प्राचीन स्कूलमा म भर्ना भएँ, छैटौँ क्लासमा । यो स्कूल नेपाली व्याकरण लेखक तथा पवित्र बाइबल नेपाली भाषामा अनुवाद गर्ने रेभरेन्ड टर्नबुल बाजेले खोलेको स्कटिस युनाइटेड मिसन अन्तर्गतको एउटा हाइस्कूल हो । यो केटाहरू पढ्ने स्कूल हो र छेवैमा छात्राहरूका लागि नेपाली कन्या पाठशाला थियो । ती स्कूलहरू अझै छन्, ब्रिटिशहरू गए पनि ।

स्कटिस मिसन एउटा ठूलो गुठी वा संस्था थियो । दार्जीलिङमा यसको ठूलो क्षेत्र छ जसभित्र एउटा गिर्जा, मिसन लाइन, मिसन हाउस, मुख्य कार्यालय, दुई वटा स्कूल बाहेक दार्जीलिङ सदरमुकामका विभिन्न बस्तीमा स्कूल, गिर्जाघर र स–साना औषधालयहरू खोलिएका थिए । मेरा बाजे सोलोमोन सिंग कार्थक नोरबस्ती मिसन स्कूलका हेडमास्टर तथा डिस्पेन्सरीका इन्चार्ज हुनुहुन्थ्यो र आठ माइल परको किजोम बस्तीको गिर्जाघरमा पनि बेलाबखत सेवा चलाउनुहुन्थ्यो । गाउँको मझैला जमिन्दार भए पनि एक मात्र शिक्षित परिवार भएकोले हाम्रो ठूलो इज्जत थियो, गाउँ र वरिपरिका ठूला जमिन्दारहरूका छोराछोरीलाई ट्यूसन पढाउन बाजेलाई भ्याइनभ्याई हुन्थ्यो ।

त्यो ठूलो भेगमा बाजेको नाउँ पनि निकै ठूलो थियो । नोरबस्तीमा हामी मात्र एक इसाइ परिवार थियौँ । दार्जीलिङमै बस्न थालेपछि हामी सोही स्कटिश मिसनको सेन्ट कोलम्बस चर्चको सदस्य भयौँ । सो गिर्जाको छोटो वर्णन इन्द्रबहादुर राईको उपन्यास आज रमिता छ मा पाइन्छ । डानियल भन्ने नेपाली इसाइ पात्रको परिवारमा मृत्यु भएको र सो मृतकको अन्त्येष्टि सोही गिर्जाघरमा भएको दृष्य सो कृतिमा पाइन्छ । अम्बर गुरुङको शुरुको सङ्गीत यात्रामा पनि यो चर्चको बडेमाको पाइप अर्गनले ठूलो भूमिका खेलेको उहाँले कतै स्वीकार्नुभएको छ ।

तर, दार्जीलिङ बसाइँ सरेपछि नोरबस्तीको सम्झ्ना सपनाजस्ता भए । सबथोक किन्नुपर्ने, सबै कुरामा पैसा चाहिने स्थिति मलाई नरमाइलो लाग्थ्यो । त्यसैले मैले पैसा कमाउनुपर्ने अवस्था वा खाँचो त्यतिबेलादेखि चाल पाएँ र केही वर्षमै म व्यापारिक सङ्गीतमा लागेर रक एण्ड रोल ब्याण्डको नाइके भएर पैसा कमाउन थालेँ र आफ्ना सदस्यहरू समेतलाई तलब दिन सक्षम भएँ । तर त्यो अर्कै बेग्लै कथा हो, जसको वर्णन हिमाल खबरपत्रिका को सह–प्रकाशन वेभ मा विस्तृत छापिएको छ ।

गभर्मेन्ट हाइस्कूल धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवाली जस्ताको मातहत र निगरानीमा सञ्चालन भइरहेको थियो भने हाम्रा पालामा टर्नबुल हाइस्कूल एउटा हिन्दु क्षेत्री, रक्स्याहा, भारतीय कांग्रेसी नेपालीको हेडमास्टरीमा सुम्पिएको थियो ।

टर्नबुल हाइस्कूलको इतिहास रोचक छ । दोस्रो विश्वयुद्धताका यो एउटा कुख्याति कमाएको पाठशाला रहेछ । शहरका नामी गुण्डा केटाहरू यसका विद्यार्थी हुँदारहेछन् । केटी जिस्क्याउने, छुरी चक्कु रोप्ने, सिनेमा टिकट ब्ल्याक गर्ने, खेलकुदमा खप्पिस तर पढाइमा भने महालद्दु यो स्कूलको महात्म्य रहेछ । यत्तिसम्म गएगुज्रेको स्कूल कि शहरमा एउटा भनाइ नै थियो– “टर्नबुल, गुण्डाको हुल, खातामा हेर्दा भुलैभुल !” दोस्रो विश्वयुद्धताका अभिभावकको संख्या घटेको अवस्थामा यस्तो दयनीय अवस्था हुन पुगेको भन्ने कुरा सत्य थियो ।

गभर्मेन्ट हाइस्कूल धरणीधर कोइराला र सूर्यविक्रम ज्ञवाली जस्ताको मातहत र निगरानीमा सञ्चालन भइरहेको थियो भने हाम्रा पालामा टर्नबुल हाइस्कूल एउटा हिन्दु क्षेत्री, रक्स्याहा, भारतीय कांग्रेसी नेपालीको हेडमास्टरीमा सुम्पिएको थियो । स्कटिस मिसन जस्तो क्रिश्चियन मिसनरी स्कूलको जिम्मा किन ईसाई सदस्यलाई नै नदिएको भन्ने प्रश्न उठिरहेकै बेलामा त्यहाँ सुधार ल्याउन आवश्यक पर्यो । समयमै स्कूलको व्यवस्था फेरियो, जो राम्रो कुरा भयो ।

दार्जीलिङका विशिष्ट व्यक्तिहरू अर्थात इन्द्रबहादुर राई, महेन्द्रकुमार, यु.डी. सर, ईश्वर वल्लभ, अम्बर गुरुङ, बल्लभमणि दाहाल, हेमचन्द्र प्रधान, निर्मलचन्द्र प्रधान, कविराज सिंह, सुक छिरिङ नम्फोक, दिनेश खालिङ, दीक्षित सर, जिम्बा सर र जी.डी. गुरुङ जस्ता महान गुरुहरू टर्नबुल हाइस्कूलमा तैनाथ हुनुहुन्थ्यो भनेर आज लेख्न पाउँदा मलाई हुनसम्मको घमण्ड लाग्छ । इन्द्र सरले नेपाली पढाउनुहुन्थ्यो, ईश्वर वल्लभ र बल्लभमणिले संस्कृत पढाउनुहुन्थ्यो, अम्बर गुरुङ प्राइमरी र सेकेण्डरी स्तरमा हुनुहुन्थ्यो । यी व्यक्ति आज कस्ता व्यक्तित्व बने भनेर मैले भनिरहनै पर्दैन, उहाँहरू कलिलै उमेरमा हुने विरुवाको चिल्लोपात कहलाइसक्नुभएको थियो ।

टर्नबुल गुण्डाको हुलबाट विस्तारै बदलिँदै गयो । विद्यार्थीहरू पनि विशिष्ट थिए । रणजित गजमेर, शरण प्रधान, कर्म योञ्जन, कुमार सुब्बा, नन्द हाङखिम, इन्द्रकुमार गजमेर, हाङसिङ चेम्जोङ, मोहन चेम्जोङ, अरुण थापा (नेपालको), प्रताप सुब्बा, दिव्य खालिङ र अरु थुप्रै नामी व्यक्तिहरू टर्नबुलका उपजहरू हुन् ।

टर्नबुलको कुरा गर्दा इन्द्र सरको एउटा तथ्य नलेखी हुन्न । उहाँको एउटा बानी रहेछ, नौ र दश क्लासको विद्यार्थीहरूसँग एक किसिमको ‘स्टडी सर्कल’ सञ्चालन गरेजस्तो । आफ्नो पाठ्यक्रम सिध्याएपछि फेरि चाहिँदो कोचिङ गर्नुहुँदोरहेछ उहाँले । सबैको चित्त बुझेपछि उहाँको आफ्नो साहित्यिक कार्यशाला जस्तो गोष्ठी हुने गर्दथ्यो । त्यतिबेला हिउँदको बिदा शुरु हुनु पन्ध्र दिन जति बाँकी हुँदो हो ।

यो अवधिमा इन्द्र सरले सम्पादन गर्नुहुने पत्रिका ‘दियालो’ मा छाप्न लागिएका कथाहरू सारा क्लासलाई मिठो स्वरमा प्रस्ट पढेर सुनाउनुहुन्थ्यो । आँखा चिमचिम गरेर उहाँले सुनाएका कथा छापिनुअघि नै हामीले चाखिसकेका हुन्थ्यौँ । हामीले गाब्रियल राणा, डा. त्रिलोक राई जस्ता कथाकारहरूका सिर्जनाहरू सुनेका छौँ इन्द्र सरको मुखबाट । त्रिलोक राईको ‘कलेजियन कान्छी’ कथाले हाम्रो आँखा रसाएको थियो, मन छोएको हो । दश क्लासका लाठे केटाहरूको मुख मलिन भएको दृश्य म अझै सम्झन्छु ।

इन्द्र सरको अन्तिम लेक्चर शुरु भयो– “केटा हो ! नेपाल भन्ने एउटा देश छ है, सुन । त्यहाँ हिजो आज अचम्मैको कुरा हुँदैछ । त्यो देशको प्रधानमन्त्री चाहिँ विश्वेश्वरप्रसाद कोइराला भन्ने एक जना मान्छे छ । राजा चाहिँ महेन्द्र भन्ने छ । विश्वेश्वरले कथा र उपन्यास लेख्छ, महेन्द्रले गीत र कविता लेख्छ । दुवै राजनीति पनि गर्ने साहित्य पनि लेख्ने । कस्तो अमिल्दो कुरा ! त्यसैले, केटा हो, नेपालमा चाहिँ केही न केही हुने, नराम्रो हुने पो म ता देख्छु है ।

यो कथामा गरिएको दार्जीलिङ शहरको मध्यम वर्गको चित्रण एउटा समसामयिक डकुमेन्ट्री हुनसक्छ सदालाई । हामी नै थियौँ त्यसबेलाको दार्जीलिङका कलेजियन कान्छा र कान्छी । म पनि दुई वर्ष नबित्दै कलेजियन जेठा भइसकेको थिएँ ।

नोरबस्ती छोडेको पाँच वर्ष हुनै लागेको रहेछ त्यसबेला । यहाँनेर इन्द्र सरको अन्तिम प्रवचनको पनि सम्झ्ना आउँछ । त्यो दिन हाम्रो दश क्लासको अन्तिम दिन । हामी सेन्टअप इम्तिहान पास गरेकाहरूको कोचिङ क्लास पनि सिद्धिसकेको । भोलिदेखि हिउँदको बिदा शुरु हुने, त्यसपछि स्कूल फाइनल अथवा म्याट्रिकुलेसन एक्जामिनेसन शुरु ।

इन्द्र सरको पनि आज अन्तिम क्लास सञ्चालन । हामीले ओकिउयामा ग्वाइनको कथा हिजै सुनिसकेका थियौँ । इन्द्र सरको अन्तिम लेक्चर शुरु भयो– “केटा हो ! नेपाल भन्ने एउटा देश छ है, सुन । त्यहाँ हिजो आज अचम्मैको कुरा हुँदैछ । त्यो देशको प्रधानमन्त्री चाहिँ विश्वेश्वरप्रसाद कोइराला भन्ने एक जना मान्छे छ । राजा चाहिँ महेन्द्र भन्ने छ ।

विश्वेश्वरले कथा र उपन्यास लेख्छ, महेन्द्रले गीत र कविता लेख्छ । दुवै राजनीति पनि गर्ने साहित्य पनि लेख्ने । कस्तो अमिल्दो कुरा ! त्यसैले, केटा हो, नेपालमा चाहिँ केही न केही हुने, नराम्रो हुने पो म ता देख्छु है । अर्कोतिर यो कोइराला दाजुभाइ पनि नमिल्दो रहेछ । भाइले कथा लेख्यो भन्ने आरिसमा मातृकाप्रसादले पनि ‘ढुंगाको आत्मकहानी’ भन्ने कविता लेखिटोपल्यो । त्यो कविता तिमीहरूको सिलेबसमा छ, त्यो मैले तिमीहरूलाई अस्तिको महिना पढाइसकेँ । यसरी नेपाल त झगडालुहरूले पो भरिएको छ है, याद गरिराख !”

त्यो दिन १४ डिसेम्बर १९६० को दिन थियो । हाम्रो विदा भोलिको दिन अर्थात् १५ डिसेम्बरबाट शुरु भयो । २० डिसेम्बरको दिन राजा महेन्द्रले विश्वेश्वरप्रसाद कोइरालालाई ठ्याङ्ग्रोमा हालेपछि नेपालमा दलविहीन पञ्चायती प्रजातन्त्र आयो । इन्द्र सरको भविष्यवाणी यसरी पूरा भयो । अचम्म त यो लाग्छ कि उहाँले देखेको लक्षण एक हप्ता नबित्दै देखा पर्यो ।

हुन त टर्नबुल स्कूलमा नेपालका चार जना विद्यार्थीहरू पढ्थे । काठमाडौँको एक जना छ्याके नेवार केटा सम्झ्न्छिु, विफरले सानैमा गालाभरि खोपिल्टा पारेको । उनले कोत्रे, सिलौटे, टिकटिके इत्यादि नाम पाइहाले । ईश्वर वल्लभ सरले पनि नेपालबारे हामीलाई छड्के पाराले भन्नुहुन्थ्यो । “केटा हो ! तिमीहरू जस्ताले त नेपालमा कविता लेखेर मन्दिर र भित्तामा टाँसेर सबैलाई पढ्न दिन्छन् । खै, तिमीहरू चाहिँ ?” अनि संस्कृतको श्लोक नघोकेकोमा बेस्सरी पिट्नुहुन्थ्यो । हामीलाई लाग्थ्यो, ‘अहो, नेपालमा त सबै साक्षर रहेछन्, कविता पनि लेख्ने, पढ्ने र बुझने रहेछन्, हामी दार्जीलिङे मात्रै कोदे र ग्वाँक रहेछौँ ।” तर कुरा अर्कै रहेछ । जेहोस्, त्यतिबेला हामीमा लघुताबोध चाहिँ भएकै हो, वल्लभ सरको सौजन्यले ।

टर्नबुलको कुरा गर्दा अम्बर सरको अध्याय इन्द्र सरको जस्तै गहन र विस्तृत हुन जान्छ । इन्द्र सरले हामीलाई नेपाली भाषा र साहित्यतिर उन्मुख गराउनुभयो भने अम्बर सरले हामीलाई चेला स्वीकारेर पाश्चात्य, पूर्वीय, नेपाली आधुनिक र लौकिक सङ्गीत विधामा तालिम दिनुभयो । स्कूलमा अम्बर सरले हामी सिनियरलाई पढाउन पर्दैनथ्यो, तर बेलुकी उहाँको आर्ट एकाडेमीमा हामी जम्मा हुन्थ्यौँ ।

“नौ लाख तारा” रेकर्ड गर्न खर्च व्यहोर्ने सचिन दाजु सर्कल इन्स्पेक्टर भएकोले ब्रिटिश राजमा बनेको यो भव्य कोठी उहाँलाई बस्न दिइएको थियो । तर, उहाँ सपरिवार क्वीन्स हिलको आफ्नै घरमा बस्ने भएकाले शहरको यो भव्य घर आर्ट एकाडेमीलाई दिइयो । थुप्रै कोठा भएको, वाथरुम, ट्वाइलेट, पानी बिजुली सबथोक भएको यो घरको मास्टर बेडरुममा अम्बर सरको बैठक थियो जहाँ हामी प्रत्येक बेलुकी जम्मा हुन्थ्यौँ, उहाँको गीत सुन्थ्यौँ, सङ्गीत अभ्यास गथ्र्यौँ र घर लाग्थ्यौँ ।

स्कूलको पढाई सकिने ताका म त्यहाँ जान थालेको हुँ । त्यसबेला एकाडेमी चोक बजारको कुइनेटोमा रहेको अगमसिंह गिरीले हेडमास्टरी गर्ने भानुभक्त स्कूलमा थियो । दिनको स्कूल भएकोले त्यहाँ बिजुली थिएन, र हामीले मैनवत्ती बालेर त्यहाँको क्लास कोठामा अभ्यास गथ्र्यौँ । म कान्छो सदस्य, तर जेठाबाठाहरूसँग मिल्न थालेँ । मेरो दाजु ललित तामाङले मलाई त्यहाँ लगेका हुन् । जसको म ठूलो गुण मान्दछु ।

ललित दाइका हितैषीहरू थिए शरण प्रधान र रणजीत गजमेर । अरू वरिष्ठ सदस्यमा अघिपछि गरेर कर्म योञ्जन, गोपाल योञ्जन, इन्द्र थपलिया (अम्बर गुरुङका मीतज्यू), शेखर दीक्षित, रुद्र गुरुङ, पुरु सुब्बा, इन्द्रकुमार गजमेर, अरुणा लामा, शान्त थापा, विदुर गजमेर, जितेन्द्र बर्देवा, प्रकाश गहतराज, गणेश शर्मा, अजय गुरुङ जस्ता गायक, गायिका र वादकहरू थिए । वाद्यवादकहरू पनि निकै भएकाले अम्बर सरले अर्केष्ट्रा पनि गठन गर्नुभएको थियो । यसै समूहमा म गिटार वादक भएर काम गर्नथालेँ, पिउन काम पनि म गर्ने गर्थेँ । पान, सिगरेट, रम ह्वीस्की, मोमो, चिकन टिक्का किनेर ल्याई सबै ठूलाहरूलाई खुवाउँथे, पिलाउँथे ।

अम्बर सरका दौँतेरीहरूमा शान्ति ठटाल, शेखर दीक्षित, इन्द्र थपलिया, रुद्रमणि गुरुङ थिए भने सङ्गीतसाधनामा लागेका साथीहरूमा गगन गुरुङ, नयन सुब्बा, मानवीर सिंह, कपिलराज गुरुङ, किशोर सोताङ आदि थिए । लुइ ब्याङ्कस्सँग पनि बेलाबखत भेटघाट हुन्थ्यो ।

यो समय अम्बर सरको “नौ लाख तारा” र “म अम्बर हुँ, तिमी धरती” को पर्व थियो । उहाँ त्यसबेला २२/२३ वर्षको हुनुहुन्थ्यो क्यारे ।

त्यसैताका हामी केही मास्तिरको घरमा सर्यौँ । पक्का इँटाले बनेको दुईतल्ले यो घर सचिन्द्रमणि गुरुङको क्वार्टर थियो । “नौ लाख तारा” रेकर्ड गर्न खर्च व्यहोर्ने सचिन दाजु सर्कल इन्स्पेक्टर भएकोले ब्रिटिश राजमा बनेको यो भव्य कोठी उहाँलाई बस्न दिइएको थियो । तर, उहाँ सपरिवार क्वीन्स हिलको आफ्नै घरमा बस्ने भएकाले शहरको यो भव्य घर आर्ट एकाडेमीलाई दिइयो । थुप्रै कोठा भएको, वाथरुम, ट्वाइलेट, पानी बिजुली सबथोक भएको यो घरको मास्टर बेडरुममा अम्बर सरको बैठक थियो जहाँ हामी प्रत्येक बेलुकी जम्मा हुन्थ्यौँ, उहाँको गीत सुन्थ्यौँ, सङ्गीत अभ्यास गथ्र्यौँ र घर लाग्थ्यौँ ।

यो समयका सर्वश्रेष्ठ गीत थुप्रै छन् अम्बरका गीत सङ्कलनमा । दुई चार वटा गीत रेकर्ड भए, अरु त्यसै थन्किएका छन् । अम्बर सरका गीत बाहेक अगमसिंह गिरी, ईश्वर वल्लभ, वैरागी काइँला, भूपि शेरचन, पासाङ वाङवल, नरबहादुर दाहाल आदिका धेरै गीतहरू प्रकाशमा आउनै सकेनन् ।

केही कालपछि आर्ट एकाडेमी विघटन भयो । उहाँले पश्चिम बङ्गाल सरकारको लोक मनोरञ्जन शाखाको नाइकेको जागिर पाएपछि टर्नबुल स्कूल पनि छोड्नुभयो । सरकारी जागिरले घुमन्ते फिरन्ते पारेपछि एकाडेमी सुचारु रुपले चल्न नसक्ने नै भयो । त्यसैले त्यसबेलासम्म उहाँले पारङ्गत पारेका चेलाहरू आ–आफ्ना बाटो लागे । गोपाल र कर्म योञ्जन हिमालय कला मन्दिरतिर लागे भने हामीले मेरै घरमा “संगम” भन्ने झुण्ड थाल्यौँ जसका संस्थापकहरूमा शरण प्रधान, रणजित गजमेर, अरुणा लामा र जितेन्द्र बर्देवा थिए ।

केही सदस्य लोक मनोरञ्जन शाखामा जागिर खान पनि गए । इन्द्र थपलिया, गोपाल योञ्जन आदि सो समूहमा पर्छन् । सो शाखाका टाउके वा महाप्रबन्धकमा मिस्टर लामा हुनुहुन्थ्यो । उहाँ हिमाल खबरपत्रिका का स्थायी स्तम्भकार महेन्द्र पी. लामाका बुबा हुनुहुन्छ । यस समूहसँग लागेर हामी पनि गुन्टा र वेडिङ कसेर चिया कमानतिर ‘शो’ गर्न लागिहाल्यौँ । पछि अम्बर सरले छोडेपछि जितेन्द्र वर्देवा सो पदमा आसीन भए ।

कलेजको सङ्गीत समारोह, भानु जयन्ती र अरु कार्यक्रमको ‘अडिसन’ गर्नु र कार्यक्रमका लागि कलाकारहरू छान्नु एउटा ठूलो चुनौती हुन्थ्यो । एक जना सोनाम भाइले निकै दुःख दिन्थ्यो । उनी गाउने बजाउने नाच्ने सबैथोक गर्न चाहन्थे स्टेजमा, मैले सम्झइबुझइ एउटा मात्र ‘आइटम’ दिन्थेँ । उनी आज डेनी डेन्जोङ्पा नामले चिनिन्छन्।

यसरी एउटा युगको अन्त भयो । तर, त्यतिन्जेल अम्बर सरले आफ्ना चेलाहरूलाई सङ्गीतबारे जेजति शिक्षा र तालिम दिनुपथ्र्यो, ती दिएरै बिदा हुनुभो, नेपाल छिर्नुभो । गुरुको यी दान वरदानहरूबारे व्याख्या गर्ने ठाउँ यो लेखमा छैन । अर्को अवसरमा उहाँलाई नेपाली आधुनिक सङ्गीतको जन्मदाता र पृष्ठपोषक भनेरै सो लेख शुरु गर्नुपर्छ ।

दार्जीलिङ बसाइको यतिन्जेल छ वर्ष बितिसकेको छ । म्याट्रीकुलेसन पास गरेर म सेन्ट जोसेफ कलेज नर्थ पोइन्टमा भर्ना भइसकेको थिएँ । कलेजमा १३ देशका शिक्षक तथा विद्यार्थीहरू थिए । तीमध्ये नेपालको जमात पनि ठूलै थियो । दार्जीलिङको जातपातमा नपाइने शाह, राणा, ठकुरी बाहेक धाख्वा, शाक्य जस्ता नेवारहरू पनि पढ्थे । बाहुन क्षेत्रीहरू पनि थिए ।

थापाहरूमा नगेन्द्रबहादुर थापा एक थिए । उनी मसँग एउटै बेञ्चमा बसेर कलेज शुरु गरेका हुन् । गोपाल योञ्जन क्लासको पछाडि एक कुनामा बस्थेँ । उनी अम्बर सरका ‘फोक इन्टरटेन्मेन्ट युनिट’ मा तीन वर्ष जागिर खाइ ढिलो कलेज भर्ना भएका थिए । नगेन्द्र र गोपालबीच त्यसबेला खासै मित्रता थिएन, पछि मात्र भयो । दुई वर्षपछि नगेन्द्र र गोपाल छेवैको गभर्मेन्ट कलेज भर्ना भए । नर्थ पोइन्ट कलेजमा शरण प्रधान र अम्बरका अरू चेलाहरू, म लगायत, पढ्थ्यौँ ।

नगेन्द्र थापा उनै हुन्, जो गोपाल र नारायणगोपालको तेस्रो मीत भएर काठमाडौँबाट नेपाली सङ्गीतमा एउटा बेग्लै अध्याय थपिदिए । नगेन्द्र त्यतिबेलै कविता साहित्य लेख्थे । एकदिन उनले एउटा विषय मागे । मैले भगेटा गुड्डी (चङ्गा) हरू बिजुली तारमा लटकेको विषय दिएँ । उनले सायद त्यो विषयमा एउटा कविता लेखे । सङ्गीतमा काम गरिरहेको म साहित्य पढ्थेँ मात्रै लेख्ने चाख थिएन । कलेजको पत्रिकाको निम्ति मैले ओ. हेनरीका दुई वटा कथाहरू चाहिँ नेपालीमा अनुवाद गरेर सम्पादकलाई पठाइदिएको थिएँ ।

म कलेजको ‘ग्ली क्लब’ को भाइस क्याप्टन र क्याप्टन दुवै पदमा चुनिएँ । एउटा गाउँले चिया कमाने केटो यसरी विदेशीहरू पढ्ने कलेजको संस्कृति संगीत विभागको नेता छानिनु भनेको मेरो लागि ठूलै खुड्किलो र परिवर्तन थियो भन्छु म ता । कलेजको सङ्गीत समारोह, भानु जयन्ती र अरु कार्यक्रमको ‘अडिसन’ गर्नु र कार्यक्रमका लागि कलाकारहरू छान्नु एउटा ठूलो चुनौती हुन्थ्यो । एक जना सोनाम भाइले निकै दुःख दिन्थ्यो । उनी गाउने बजाउने नाच्ने सबैथोक गर्न चाहन्थे स्टेजमा, मैले सम्झइबुझइ एउटा मात्र ‘आइटम’ दिन्थेँ । उनी आज डेनी डेन्जोङ्पा नामले चिनिन्छन्।

सेन्ट जोसेफ कलेजमा पढ्दा एउटा विशेष अनुभव ज्ञानेन्द्र शाह (वर्तमान महाराजाधिराज श्री ५ ज्ञानेन्द्र) सँगको चिनजान हुन गयो । “नेपालको राजाको छोरा” भनेर हाम्रो नेपाली प्रोफेसर जेरर्ड मुखियाले चिनाए ज्ञानेन्द्र र भाइ धीरेन्द्रलाई । धीरेन्द्र निकै सानो तर ज्ञानेन्द्र हाम्रै पुस्ताको भएकाले एक किसिमले राम्रो चिनजान थियो ।

दार्जीलिङमा दोलखा, भक्तपुर, पाटन र काठमाडौँका नेवारहरूको ठूलो बसोबास थियो र केही राणाहरू पनि सजधजका साथ बसेका थिए । तिनीहरूको बिहा, भोजभतेरमा प्रिन्स ज्ञानेन्द्रले मीठो स्वरमा नेपाली गीतहरू गाउँथे, तर जहिले पनि नातीकाजी र बच्चु कैलासको मात्रै । मैले गिटार बजाएर साथ दिन्थेँ, उहाँको चाहना नै त्यस्तो हुन्थ्यो । यस्तो साथ सङ्गत चार वटा बिहा भोजमा भयो जहाँ ज्याम सेसन भइरहेको उत्सवमा पनि सबै नेपाली र विदेशीले ज्ञानेन्द्रको गीत सुनेर मख्ख पर्थे र मारसँग थपडी बजाएर प्रशंसा गर्थे ।

तत्कालीन अधिराजकुमारको अर्को खुबी थियो हाम्रो सङ्गीत संस्कृतिबारे रुचि । दार्जीलिङका नेपाली ठिटाठिटी विद्यार्थीहरूले गाएका बजाएका नेपाली, हिन्दी र अंग्रेजी गीतहरू उनी ध्यान दिएर सुन्थे ।

ज्ञानेन्द्र जताततै चासो राख्थे । चाख लिएर हामी भानु जयन्तीको रिहर्सल गरिरहेको हलमा पनि आइपुग्थे । हामीले गाइबजाइरहेको समयमा पनि स्टेजको एक कुनामा उभिएर सुनिरहेका हुन्थे, आफ्नो टेपरेकर्डरमा हाम्रा गीत र धुनहरू सारिरहेका हुन्थे ।

दार्जीलिङमा दोलखा, भक्तपुर, पाटन र काठमाडौँका नेवारहरूको ठूलो बसोबास थियो र केही राणाहरू पनि सजधजका साथ बसेका थिए । तिनीहरूको बिहा, भोजभतेरमा प्रिन्स ज्ञानेन्द्रले मीठो स्वरमा नेपाली गीतहरू गाउँथे, तर जहिले पनि नातीकाजी र बच्चु कैलासको मात्रै । मैले गिटार बजाएर साथ दिन्थेँ, उहाँको चाहना नै त्यस्तो हुन्थ्यो ।

कुरामा कुरा ज्ञानेन्द्र सरकारसँग त्यसबेलाको हामीले बजाएका र गाएका गीत र धुनहरूका टेपहरू अझै पनि सुरक्षित होलान् ! हाम्रा नेपाली प्रोफेसर मुखिया सरले बस्नका लागि कुर्सी दिँदा पनि नबसीकन ज्ञानेन्द्र शाह यताउति गर्ने र अभ्यास गर्ने ग्रीनरुमभित्र नै पसेर हाम्रा क्रियाकलाप अत्यन्तै उत्सुक भएर हेरिरहन्थे । अत्यन्तै मिजासिलो, हँसिलो र मित्रताको भाव राख्ने उनको उपस्थिति हामीलाई साह्रै मन पथ्र्यो ।

बाटोमा भेट्दा पनि मैले “हेलो ज्ञानेन्द्र” भनेरै बोलाउँथे, उनले पनि ‘हल्लो पिटर !” भनेर फर्काउँथे । तर नेपालका नेवारहरूले भुइँमै लेटेर ढोग गर्दा चाहिँ ज्ञानेन्द्र तर्सेझैँ उम्कन्थे र भाग्थे ।

यसरी म – दोस्रो विश्वयुद्धको पराकाष्ठाको बालक, गाउँले, किसाने र चिया बगान वा कमाने, पाखे – विस्तारै टर्नबुल हाइस्कूलको पढाई र दार्जीलिङ शहरको परिवेशमा शहरिया, सभ्य र शिक्षित हुँदै गएँ ।

सन् १९४६ देखि १९५६ सम्म नोरबस्ती र चिया कमानहरूमा एक दशक बिताएपछि सन् १९५६ देखि १९६६ सम्म, म दार्जीलिङको शहरिया भएँ । अब आफ्नो मुग्लान खोज्दा वीरगञ्ज भन्ने ठाउँ मेरो मानचित्रमा देखा पर्यो । त्यसपछि काठमाडौँ, जहाँ मेरो सैँतीस वर्ष बितिसकेको छ ।

काठमाडौँ भन्ने मुग्लान अर्कैथोक हो मेरा लागि । त्यसको कथा पछि बिस्तारै उधिन्नुपर्ला । देखाजाला !

- १० वैशाखमा निधन भएका साहित्यकार पिटर जे कार्थकको २०६० सालको 'हिमाल खबरपत्रिका 'को दशैं अंक (१६ असोज - १५ कात्तिक)मा प्रकाशित 'दार्जीलिङः केही भगौटे सम्झना' शीर्षकको संस्मरणात्मक निबन्ध।

 

प्रतिकृया दिनुहोस