अब ‘हाम्रो पात्रो’बाटै खरीद–बिक्री पनि
नेपाली एप्लिकेशन ‘हाम्रो पात्रो’ले एप्लिकेशनबाटै सामग्री खरीद–बिक्रीको सुविधा पनि थप गरेको छ ।
प्रयोगकर्ताहरुको दैनिकीलाई सहज बनाउने उद्देश्य सहित नयाँ सुविधा थप गरेको हो । हाम्रो पात्रोका अनुसार, नयाँ तथा पुराना सामग्री, घरजग्गा, सवारी साधन, मोबाइल, घडी जस्ता सेवासुविधा बेच्न र खरीद गर्न यो एप्लिकेशन ल्याइएको हो ।
हाम्रो मार्केट नाम दिइएको ‘कम्युनिटी’ सम्बन्धी लिंकमा तीन हजार बढी सदस्य भइसकेको छ । दैनिक १० लाख बढी प्रयोग कर्ता रहेको हाम्रो पात्रोले ल्याएको नयाँ सुविधाले प्रयोगकर्ताहरुलाई सहज हुने उद्देश्य लिइएको जनाइएको छ ।
यो कम्युनिष्टीमा जोडिन Login with Google वा Login with Facebook मध्ये एकबाट लग इन गरी Hamro Market मा जान सकिन्छ । त्यहाँ रहेको Join Community भन्ने बटन क्लिक गरेपछि यसको सदस्य बन्न सकिनेछ ।