थप समाचार सोमबार, मंसिर २, २०७६

नेमकिपाका वडाध्यक्षको उम्मेदवारसहित नेकपा प्रवेश

रासस

नेपाल मजदूर किसान पार्टीमा विभिन्न तहमा रहेका नेताहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।

गत २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिका–८ सुडालमा नेमकिपाबाट वडाध्यक्ष पदको उम्मेदवार भएका गणेशप्रसाद दुलालसहित २० जना नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष बचन देउजाले बताए ।

नेकपा प्रवेश गरेकाहरुलाई नेकपाले पार्टी प्रवेश कार्यक्रम गरेर स्वागत गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस