‘प्रमुख सल्लाहकार परिवर्तन, हल्ला सावित हुनेछ’
प्रदेश नम्बर पाँचका मुख्यमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शंकर पोखरेलले प्रधानमन्त्रीको प्रमुख सल्लाहकार परिवर्तन हुने कुरा हल्ला सावित हुने बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत् मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख सल्लाहकार परिवर्तन हल्ला सावित हुने उल्लेख गरेका हुन् । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा विष्णु रिमाल प्रधानमन्त्रीको सारथी भएको उल्लेख गरेका छन् ।
लेखेका छन्, “प्रमको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानको भरोसायोग्य सारथी हो, कमरेड विष्णु रिमाल ।”
प्रधानमन्त्रीकै निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहित सचिवालयका सवैले १ मंसीरबाट लागू हुनेगरी राजीनामा बुझाएका छन् ।
याे पनिः