प्रधानमन्त्री ओलीका सचिवालय सदस्यहरुले राजीनामा दिने तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालय सदस्यहरुले राजीनामा दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार, परराष्ट्र मामला सल्लाहकार सहित सवैले राजीनामा दिने तयारी गरेका छन् । सचिवालयका एक सदस्यका अनुसार आगामी १ मंसीरदेखि लागू हुनेगरी राजीनामा बुझाउने तयारी भइरहेको छ ।
ती सदस्यले राजीनामाका लागि प्रधानमन्त्रीले निर्देशन नदिएको बताए । “प्रधानमन्त्रीले नयाँ ढंगले अगाडि बढ्न चाहेकाले राजीनामाको तयारी गरिएको हो”, ती सदस्यले भने ।
प्रधानमन्त्री ओली सचिवालयका कारण बेलाबेला आलोचित हुँदै आएका छन् ।