माग पूरा नभएसम्म डडेलधुरा नछाेड्ने डा.केसीको अडान
डडेलधुरामा अनशनरत डा. केसीले आफ्ना पूरा नभएसम्म अनशन नतोड्ने र डडेलधुरा नछोड्ने अडान कायमै राखेका छन् ।
अनशनस्थलमा रहेका डा. तोसिमा कार्कीले अडियो रेकर्ड सार्वजनिक गर्दै डा. केसीले अनशन नतोड्ने अडान राखेको बताएकी हुन् ।
डा. कार्कीका अनुसार, बिहान करीब नौ बजेतिर सिभिल पोशाकका प्रहरीले डा. केसीलाई उठाएर लैजाने प्रयास गरेका थिए ।
”जानकारी पनि नदिई केसीलाई उठाएर लैजान लागेका थिए” उनी भन्छिन्, “उहाँको इच्छा बिपरित उठाएर लैजानु निन्दनीय काम हो ।”
“डा. केसीलाई जुम्लामा जस्तै अपहरण शैशीमा काठमाडौं लैजान खोजियो”, उनले भनिन् । डा. केसीको भनाई उदृत गर्दै उनले भनिन्, “उहाँले माग पुरा नगरि जबरजस्ती उठाएर लैजान खोज्नु सम्पूर्ण डडेलधुरावासीको अपमान हुने भन्नुभएको छ । माग पूरा नभएसम्म अनशन नतोड्ने र डडेलधुरा छोड्ने बताउनुभएको छ ।”
१८ कात्तिकदेखि अनशन बसिरहेका डा. केसीको स्वास्थ्य क्रिटिकल बनेपछि काठमाडौं ल्याउन डडेलधुरामा नेपाली सेनाको हेलिकोप्टर पुगेको छ ।