समाचारबुधबार, २० कार्तिक , २०७६

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

रासस

सिरहाको कर्जन्हा नगरपालिकामा बुधबार एक युवकले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

घरायसी विवादमा कर्जन्हा नगरपालिका–२ निवासी रामबाबु पासवानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमती कविता पासवानको हत्या गरेका हुन् ।

बिहानै माछा बेचेर घर आएपछि खाना खाँदै गरेको अवस्थामा सामान्य विवाद हुँदा पासवानले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी कवितालाई उपचारका लागि कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल ल्याउँदै गर्दा बाटैमै मृत्यु भएको छ ।

श्रीमतीमाथि बञ्चरो प्रहार गर्ने पासवान फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस