महरा विरुद्ध मुद्दा दर्ता गरिदै, समय रहे आजै थुनछेक बहस
संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका कृष्णबहादुर महरा विरुद्ध मुद्दा दर्ता गर्ने तयारी भएको छ ।
सरकारी वकिलको कार्यालय स्रोतका अनुसार, अहिले केही बेरमै मुद्दा दर्ता गर्ने गरी अभियोग पत्र तयार भइरहेको छ । महरा विरुद्ध मुलुकी अपराध संहिताको दफा–२१९ अन्तर्गत जर्बजस्ती करणी उद्योगको अभियोगमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।
प्रहरीको सिफारिस अनुसार, महरा विरुद्ध मुद्दा चलाउने सरकारी वकिलको कार्यालयले तयारी गरेको छ ।
समय रहे बिहीबार नै थुनछेक बहस समेत शुरु गरिने भएको छ । बलात्कार प्रयासको आरोप लागेपछि १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका महरालाई १९ असोजमा पक्राउ गरिएको हो ।
प्रहरी हिरासतमा राखेर महरा माथि अनुसन्धान भइरहेको छ । तर, दशैं र तिहारको विदा परेकाले अनुसन्धानमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।