एनआरएनएको निर्वाचनमा मतदान स्थगित
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्न मंगलबार हुने भनिएको मतदान स्थगित भएको छ ।
विद्युतीय मतदानको तयारी गरिएकोमा सिस्टममा समस्या आएकाले मतदान स्थगित भएको एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले बताए । उनका अनुसार, स्थगित मतदान बिहीबार बिहान १० बजे शुरु हुनेछ ।
मतदानमा ढिलाइ भएको भन्दै धेरै प्रतिनिधिहरुले मतदान परिसरमा नाराबाजी नै गरेका थिए । बिहीबार नै फर्कनेगरी टिकट लिएकाले मतदानको चाँडो हुनुपर्ने माग सहित नाराबाजी गर्दा मतदानस्थल तनावग्रस्त नै बनेको थियो ।
नयाँ नेतृत्वका लागि हुने १४ पदका लागि दलीय आधारमै उम्मेद्वारी परेको छ ।