आजबाट लगानी सम्मेलन, १५१ परियोजना प्रस्तुत गरिंदै
देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजबाट तेस्रो लगानी सम्मेलन शुरू हुँदै छ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन्। सम्मेलनमा लगानीका निम्ति १५१ परियोजना प्रस्तुत गरिंदै छ।
नेपाल लगानी बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार ६०० लगानीकर्ताले भाग लिनेछन्। लगानीका निम्ति प्रस्तुत गरिने परियोजना सम्बन्धी विस्तृत विवरण सहितका २३ वटा प्रदर्शनीकक्ष सम्मेलनस्थलमा राखिनेछ भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिनेछ।
सम्मेलन भोलि सोमबार समापन हुनेछ। आज पहिलो दिन उद्घाटन सत्र सहित दुई वटा मुख्य सत्र हुनेछन्। दोस्रो दिन ११ वटा समानान्तर सत्र सञ्चालन गरिनेछ।
सम्मेलनका क्रममा लगानीकर्ताले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्ने व्यवस्था मिलाइएको छ। निजी क्षेत्रलाई सहआयोजक बनाएर सरकारले सम्मेलन आयोजना गरेको हो।
लगानी सम्मेलनमा को को आउँदै छन्?