माइतीघरमा प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ
![माइतीघरमा प्रदर्शनमा उत्रिएका विद्यार्थी पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/maitighar_2-1705821229.jpg)
सरकारले लगाएको निषेधाज्ञाको विरोध गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल विद्यार्थी संघ, जिल्ला कार्यसमिति काठमाडौंले माइतीघर मण्डलमा प्रदर्शन गरेको हो। माइतीघरमा सरकारले लगाएको निषेधाज्ञाको विरोधमा आइतबार विद्यार्थीले प्रदर्शन गरेका थिए।
प्रदर्शनमा उत्रिएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। निषेधाज्ञा नहटाउँदासम्म प्रदर्शन जारी रहने नेपाल विद्यार्थी संघले जनाएको छ।
सरकारले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म गत पुसमा निषेधाज्ञा जारी गरेको थियो। यस क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर सभा, सम्मेलन, विरोध तथा प्रदर्शन गर्न रोक लगाइएको छ।
![maitighar_7.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/maitighar_student/maitighar_7.jpg)
![maitighar_6.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/maitighar_student/maitighar_6.jpg)
![maitighar_5.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/maitighar_student/maitighar_5.jpg)
![maitighar_4.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/maitighar_student/maitighar_4.jpg)
![maitighar_3.jpg](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/maitighar_student/maitighar_3.jpg)