भारतीय दूतावासले २० करोड बाँड्न पाउने सहमतिको किन भइरहेको छ विरोध?
भारतीय दूतावासले सीधै २० करोड रुपैयाँसम्म बाँड्न पाउने गरी सरकारले गरेको सहमतिको विरोध भइरहेको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी)को सीमा बढाउने सहमतिमा हस्ताक्षर भएको छ। यसअघि पाँच करोड रुपैयाँसम्म सीधै खर्च गरिरहेको भारतीय दूतावासले अब २० करोड रुपैयाँसम्म खर्च गर्न पाउनेछ।
नेपालस्थित भारतीय दूतावासले सीधै खर्च गर्न पाउने रकमको सीमा बढाउनुलाई राजनीतिकर्मी तथा कूटनीतिज्ञले वैदेशिक हस्तक्षेपलाई निम्तोको रूपमा अर्थ्याएका छन्। यसले स्थानीय जनप्रतिनिधिलाई पनि भारतीय दूतावास धाउन बाटो खोलेको भन्दै राजनीतिक दलका नेता, कूटनीतिज्ञ र नागरिक अगुवाले विरोध गरेका हुन्।
थप सामग्री :