नयाँ वर्ष मनाउन भारतीय पर्यटक जनकपुरधाममा
![नयाँ वर्ष मनाउन भारतीय पर्यटक जनकपुरधाममा](https://www.himalkhabar.com/uploads/posts/800X600/janakpurdham_2024-(3)-1704087383.jpg)
ईस्वी संवत्को नयाँ वर्ष मनाउन आएका आन्तरिक तथा बाह्य पर्यटकले जनकपुरधाम भरिभराउ भएको छ।
सन् २०२४ को पहिलो दिन विशेष गरेर छिमेकी मुलुक भारतको बिहारका युवा जनकपुरधाम पुगेका छन्। बिहानैदेखि जानकी मन्दिरमा पूजापाठ गर्नेहरूको घुइँचो लागेको छ।
![janakpurdham_2024 (6).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/janakpur/janakpurdham_2024 (6).jpg)
जनकपुरधामका होटेल, रेस्टुरेन्ट तथा लजहरू भरिभराउ छन्। बिहारसँगै राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, उत्तरप्रदेश, सिमला, उत्तराखण्ड लगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक आएका छन्। पर्यटकलाई आकर्षित गर्न विभिन्न सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएका छन्।
![janakpurdham_2024 (5).jpg](https://www.himalkhabar.com/uploads/editor/Culture/janakpur/janakpurdham_2024 (5).jpg)