एनसेलको कार्यालय अगाडि अनेरास्ववियुद्वारा विरोध प्रदर्शन
दूरसञ्चार सेवाप्रदायक एनसेलको लैनचौरस्थित कार्यालय अगाडि विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ।
अनेरास्ववियुका कार्यकर्ताले एनसेल बहिष्कारको नारा लगाउँदै विरोध गरेका छन्। उनीहरूले एनसेलको शेयर बिक्रीमा भएको विवादको छानबिन गर्न, एनसेललाई राष्ट्रियकरण गर्न पनि माग गरेका छन्।
![393161962_680680464178932_5255513278457611862_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Science-Technology/NCELL/393161962_680680464178932_5255513278457611862_n.jpg)
![370070051_870526985074151_3778776687734652239_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Science-Technology/NCELL/370070051_870526985074151_3778776687734652239_n.jpg)
![386440398_781392530392972_3193347977290235152_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Science-Technology/NCELL/386440398_781392530392972_3193347977290235152_n.jpg)
एनसेलको माउ कम्पनी आजियाटाले नेपालबाट शेयर बिक्री गरेर बाहिरिएको घोषणा गरेसँगै यसबारे अहिले चासो र विवाद चुलिएको छ। आजियाटाले नेपालमा व्यावसायिक चुनौती बढेकाले घाटा खाएर स्वामित्व बिक्री गरेको जनाएको छ। यद्यपि सरकारी अधिकारीहरूले कर छल्ने प्रयोजनले यस्तो किनबेच गरिएको हुन सक्ने आशंका गरेका छन्।
![403397934_1578280799637929_6736974757178236246_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Science-Technology/NCELL/403397934_1578280799637929_6736974757178236246_n.jpg)
![386470897_301973986150020_3201255125469643215_n.jpg](https://www.himalkhabar.com/uploads/editor/Science-Technology/NCELL/386470897_301973986150020_3201255125469643215_n.jpg)
संसद्को सार्वजनिक लेखा समितिले यसमा चासो व्यक्त गरेको छ।
यो पनि,
एनसेलका विषयमा भइरहेको विवाद के हो?