विश्वकप छनोट: नेपाल यमनसँग पराजित
फिफा विश्वकप र एएफसी एशियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल यमनसँग २-० गोलले पराजित भएको छ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले दुवै गोल मध्यान्तरपछि बेहोरेको हो। यमनका लागि ७२औं मिनेटमा ओमर अल दही र ९०औं मिनेटमा मोहम्मद अल दहीले गोल गरेका थिए।
१३ हजार ७३५ दर्शक उपस्थित रंगशालामा टीम नेपालले भने प्रभावकारी प्रदर्शन गर्न सकेन।
यसअघि कात्तिक ३० गते दुबईमा नेपाललाई यूएईले ४-० गोलअन्तरले स्तब्ध पारेको थियो। समूह ‘एच’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेल बहराइनसँग खेल्नेछ।