फिफा विश्वकप छनोट: नेपाल यूएईसँग पराजित
![फिफा विश्वकप छनोट: नेपाल यूएईसँग पराजित](https://www.himalkhabar.com/uploads/posts/800X600/Nepal-Football-1700152712.jpg)
सन् २०२६ को फिफा विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ।
दुबईमा बिहीबार युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो। यूएईले चार वटै गोल पहिलो हाफमा प्रहार गरेको थियो। समूह एचमा नेपाल, यूएईसँगै बहराइन र यमन छन्।
गत असोजमा भएको विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गरेको थियो।
२०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकामा हुँदै छ।