जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि
-1698036531.jpg)
जनकपुरधामको राजदेवी मन्दिरमा गत वर्षभन्दा बढी बोकाको बलि दिइएको छ।
यसवर्ष राजदेवी मन्दिरमा १५ हजार २५१ बोकाको बलि दिइएको संयोजन गरिरहेको महावीर युवा कमिटीले जनाएको छ।
निशा पूजा सम्पन्न भएलगत्तै सोमबार राति ८ः२० बजेदेखि बलि दिन शुरू भएको थियो। सोमबार बिहान ४ः०५ बजेसम्म बलि चलेको कमिटीका अध्यक्ष अजय गुप्ताले जानकारी दिए।
बोकाको बलि दिन लामबद्ध भक्तजन।बलि दिनका लागि देशको विभिन्न जिल्ला सहित सीमावर्ती क्षेत्र भारतबाट समेत ठूलो संख्यामा भक्तजन जनपुरधाम पुगेका थिए। उनीहरू आइतबार दिउँसोदेखि नै लाइनमा लागेका थिए।
गत वर्ष १४ हजार ९४१ बोकाको बलि दिइएको थियो। हरेक वर्ष बलि दिने बोकाको संख्या बढ्दै आएको छ।