यसरी मनाइयो ईद
![यसरी मनाइयो ईद](https://www.himalkhabar.com/uploads/posts/800X600/356532536_796499595462044_8250160617643042511_n_1688010863.jpg)
काठमाडौंको टुँडिखेलमा नमाज पढेर बकर ईद पर्व मनाइएको छ।
मुस्लिम धर्मावलम्बीले आफ्नो दोस्रो ठूलो पर्व बकर ईद मनाएका छन्। काठमाडौं सहित देशका विभिन्न स्थानका मस्जिद वा ईदगाहमा नमाज पढेर बकर ईद मनाइएको छ।
काठमाडौंको टुँडिखेलमा पनि आज बिहानै मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज पढेर आपसमा शुभकामना आदानप्रदान गर्दै ईद मनाएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Eid/355805998_298264999308860_6006127138253707294_n.jpg)
हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ। यो पर्व चार दिनसम्म मनाइन्छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Eid/355904030_1045129310193072_5462479367423573922_n.jpg)
यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ। मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Eid/355982400_219982610943585_7466028995193886058_n.jpg)
बकर ईदकै अवसरमा आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Eid/355982423_637573084971311_7776973153965906977_n.jpg)