उम्मेदवारको अन्तिम नामावली प्रकाशन
आगामी वैशाख १० गते तनहुँ-१, चितवन-१ र बारा-२ हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण गरिंदै छ।
बिहीबार बिहान ९ बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको निर्वाचन आयोगले जनाएको छ। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न दिइने आयोगले जनाएको छ।
चुनाव चिह्न दिइएपछि निर्वाचनको प्रसारप्रसार शुरू हुनेछ। आयोगले उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद तोकेको छ। चितवन-२ र बारा-२ का लागि २९ लाख र तनहुँ-१ का लागि ३१ लाख रुपैयाँ निर्धारण गरिएको छ।
गत मंसीर ४ गते सम्पन्न चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएको र चितवन-२ बाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेजी भएकाले ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।