पाठशालामा शेक्सिपयरको ‘टुभेल्थ नाइट’ मञ्चन
![पाठशालामा शेक्सिपयरको ‘टुभेल्थ नाइट’ मञ्चन](https://www.himalkhabar.com/uploads/posts/800X600/twelth_night_1675564317.jpg)
प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको नाटक टुभेल्थ नाइट काठमाडौंमा मञ्चन गरिएको छ।
पाठशाला नेपालको प्रस्तुतिको करीब एक घण्टा १० मिनेट लामो नाटक थापागाउँस्थित पाठशाला स्कूलको थिएटरमा मञ्चन गरिएको हो।
ओजस्वी भट्टराई र सौरभ न्यौपाने निर्देशन गरेको नाटकको संवाद अंग्रेजी र नेपाली भाषामा छ। नाटकको केही अंशको नेपालीकरण निर्देशक भट्टराईले नै गरेकी हुन्।
नाटकमा असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, शौर्यनरसिंह थापा सहित २२ जना कलाकारले अभिनय गरेका छन्। ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्। काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसङ्गलाई देखाइएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Authors/NewFolder%201/twelth_night.jpg)
यो नाटक शेक्सपियरले १६औं शताब्दीमा लेखेका हुन्। प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समिश्रणले एकआपसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ।
यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो।