काठमाडौंमा नयाँ फिल्म हल
![काठमाडौंमा नयाँ फिल्म हल](https://www.himalkhabar.com/uploads/posts/800X600/INIcinemas_1694764609.jpg)
काठमाडौंको नयाँ बानेश्वरमा नयाँ फिल्म हल खुलेको छ।
शुक्रबार बिहान कलाकार हरिवंश आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त फिल्म हलको उद्घाटन गरेका छन्।
‘आईएनआई सिनेमाज’ को फ्रेन्चाइजीका रूपमा स्थापना गरिएको यो फिल्म हलमा शुक्रबार एक भगवत् र एक गीता, नांगो गाउँ, जवान र नन् २ प्रदर्शन गरिएको छ।
यस फिल्म हलमा दिपाश्री निरौला, दीपकराज गिरी, निर्मल शर्मा, गिरेन्द्र मुनकर्मी, प्रभात रिमाल लगायत अन्य १० जनाको संयुक्त लगानी छ।
उद्घाटन समारोहमा थुप्रै चलचित्रकर्मी उपस्थित थिए। कार्यक्रममा लगानीकर्ता तथा कलाकार दीपकराज गिरीले यस फिल्म हलबाट हुने आम्दानीको ५० प्रतिशत रकम निर्मातालाई उपलब्ध गराउने पनि घोषणा गरेका छन्।
उद्घाटन समारोहमा कलाकारहरू