डेंगीबाट एकै दिन चार जनाको मृत्यु, २७ हजार नाघे बिरामी
![डेंगीबाट एकै दिन चार जनाको मृत्यु, २७ हजार नाघे बिरामी](https://www.himalkhabar.com/uploads/posts/800X600/dengue_(2)_1662031089.JPG)
डेंगीको संक्रमणबाट एकै दिन चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २७ हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा डेंगीबाट चार जनाको मृत्यु भएको हो। योसँगै डेंगीबाट ज्यान गुमाउनेको संख्या ३६ पुगेको छ। मंगलबारसम्म यो संख्या ३२ रहेको थियो।
त्यस्तै, डेंगी संक्रमितको संख्या पनि २७ हजार ५६९ पुगेको छ। मंगलबार संक्रमितको संख्या २५ हजार ५४३ थियो।
अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेंगीका बिरामी देखिएका छन्। सबैभन्दा बढी बागमती प्रदेशमा २१ हजार ५८९ जनामा बिरामी भएका छन्।
त्यस्तै, लुम्बिनीमा तीन हजार ५०, सुदूरपश्चिममा ८२१, प्रदेश १ मा ८१५, गण्डकीमा ६५३, मधेशमा ४०५ र कर्णालीमा २३६ जनामा डेंगी देखिएको छ।