नेपालद्वारा बाङ्लादेश ३-१ गोलले पराजित, अञ्जन विष्टको ह्याट्रिक
![नेपालद्वारा बाङ्लादेश ३-१ गोलले पराजित, अञ्जन विष्टको ह्याट्रिक](https://www.himalkhabar.com/uploads/posts/800X600/Anajan_Bista_1664352850.jpg)
मैत्रीपूर्ण फूटबलमा नेपालले बाङ्लादेशलाई पराजित गरेको छ।
काठमाडौंस्थित दशरथ रङ्गशालामा असोज ११ गते भएको खेलमा नेपालले बाङ्लादेशलाई ३-१ गोल अन्तरले हराएको हो।
नेपालका लागि अञ्जन विष्टले ह्याट्रिक पूरा गरे। विष्टले १८औं, २७औं र ३८औं मिनेटमा गोल गरेका हुन्। बाङ्लादेशले ५५औं मिनेटमा सान्त्वना गोल गरेको थियो।