भारत विरुद्ध नेपालको पहिलो हाफमा अग्रता
![भारत विरुद्ध नेपालको पहिलो हाफमा अग्रता](https://www.himalkhabar.com/uploads/posts/800X600/nepal_india_1663315679.jpg)
साफ महिला च्याम्पियनशिपमा नेपालले सेमिफाइनलको पहिलो हाफमा भारत विरुद्ध अग्रता लिएको छ।
नेपालका लागि रश्मि घिसिङले गोल गरेकी हुन्। उनले पहिलो हाफको इन्जुरी समयमा प्रीति राईले दिएको क्रसमा गोल गरेकी हुन्।
अहिले दोस्रो हाफ शुरू भएको छ। नेपालले खेलमा दबाब बनाइरहेको छ।
नेपाल समूह ‘बी’ को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपालले समूह चरणमा भुटान र श्रीलंकालाई पराजित गरेको थियो।
त्यस्तै, भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो। भारतले पाकिस्तान र माल्दिभ्सलाई पराजित गरेको थियो भने बाङ्लादेशसँग पराजित भएको थियो।
आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै बाङ्लादेश फाइनलमा प्रवेश गरिसकेको छ।