किरातेश्वरमा मनोजको बाँसरीको धुन
![किरातेश्वरमा मनोजको बाँसरीको धुन](https://www.himalkhabar.com/uploads/posts/800X600/manoj_1657787419.jpg)
बाँसुरीबादक मनोज सिंह नेवाःले पाशुपत क्षेत्रमा रहेको किरातेश्वर मन्दिर परिसरमा बाँसुरीको धुन प्रस्तुत गरेका छन्।
गुरु पूर्णिमाको अवसरमा बुधबार साँझ मनोजले किरातेश्वरमा प्रस्तुति दिएका हुन्। उनलाई तबलामा सरिता मिश्र र अन्य कलाकारहरूले साथ दिएका थिए।
“धेरै वर्षपछि आफूले मेहनत गरी सिकेको उही प्राङ्गणमा प्रस्तुति दिने मौका पाएँ‚” मनोजले भने‚ “स्रोताहरूले पनि अन्नन्द लिनुभयो।” वर्षा हुँदा पनि दर्शकहरूले बाँसुरीको धुन सुनेर साथ दिएका थिए।
मनोज १५ वर्षको उमेरमा २०५२ सालमा किरातेश्वर मन्दिर पुगेका थिए। त्यसवेला त्यहाँ शास्त्रीय संगीतको धुन सुनेपछि त्यसमा आकर्षित भई बाँसुरी बजाउन सिकेको उनी बताउँछन्।
मनोज विश्वकै प्रख्यात ग्रामी अवार्डमा मनोनीत हुने भइसकेका छन्। उनले करीब २० देशमा प्रस्तुती दिइसकेका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/NewFolder/BIK_6160.jpg)