आज १०२ जनामा देखियो कोरोना
कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ भने आज थप १०२ जनामा सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, देशभर दुई हजार ६१५ स्वाब परीक्षण गर्दा १०२ जनामा कोरोना पुष्टि भएको हो। शुक्रबार ९८ जनामा कोरोना देखिएको थियो।
आज एक हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ७२ जनामा र एक हजार ७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा कोरोना देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जना निको भएका छन्।
योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। देशभर ६०५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।