बाँझो जमीन खेती गर्न भाडामा दिइने
![बाँझो जमीन खेती गर्न भाडामा दिइने](https://www.himalkhabar.com/uploads/posts/800X600/janardan__1653821814.jpg)
सरकारले बाँझो जमीन खेती गर्न भाडामा दिने भएको छ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाँझो जमीन भाडामा दिने नीति लिइएको बताए। स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’ मा उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।
बजेटले कृषि क्षेत्रलाई अहिलेसम्मकै सबैभन्दा बढी ५५ अर्ब ९७ करोड रकम विनियोजन गरेको छ।
आगामी वर्षको बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताए। गत आर्थिक वर्षमा ४५ अर्ब नौ अर्ब बजेट विनियोजन गरिएको थियो।