गभर्नरमाथिको कारबाही विरुद्ध राष्ट्र ब्यांकका कर्मचारी आन्दोलित
सरकारले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउने उद्देश्यले जाँचबुझ शुरू गरेको विरोधमा राष्ट्र ब्यांकका कर्मचारी आन्दोलित भएका छन्।
राष्ट्र ब्यांक कर्मचारी संघले केन्द्रीय कार्यालय बालुवाटारमा सरकारको कदम विरुद्ध कालो ब्यानर झुन्ड्याएर विरोध जनाएको छ। केन्द्रीय ब्यांकको स्वायत्ततामाथिको हस्तक्षेप बन्द गर्न र गभर्नर अधिकारीमाथि शुरू गरिएको कारबाही प्रक्रिया तत्काल फिर्ता गर्न कर्मचारीले माग राखेका छन्।
राष्ट्र ब्यांक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिमल्सिनाले कोणसभामा बोल्दै वित्तीय माफियाको चङ्गुलमा फसेर सरकारले केन्द्रीय ब्यांकमाथि हस्तक्षेप गरेको बताए।
सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन गरेको छ। छानबिन समिति गठन भएसँगै उनी निलम्बनमा परेका छन्।