तस्वीरमा चिनियाँ विदेश मन्त्रीको भेटवार्ता
![तस्वीरमा चिनियाँ विदेश मन्त्रीको भेटवार्ता](https://www.himalkhabar.com/uploads/posts/800X600/wang_yi_II_(4)_1648366539.JPG)
राष्ट्रपति विद्यादेवी भण्डारीसँग चीनको राज्यपरिषद् सदस्य एवं विदेश मन्त्री वाङ यीले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा दुई देशको ऐतिहासिक सम्बन्धका विषयमा छलफल भएको छ। भेटवार्तामा राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखिको नेपाल र चीनबीचको असल सम्बन्ध यस प्रकारका उच्चस्तरका भ्रमणले अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_II%20%283%29.JPG)
त्यस्तै, चिनियाँ विदेश मन्त्री यीले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। भेटवार्ताका क्रममा अध्यक्ष ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सँग जोडिएका सडक, रेल, सिंचाइ, शिक्षा र स्वास्थ्यका परियोजना अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_II%20(5).jpg)
आइतबार नै यीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। यसअघि शनिबार राति प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए।
तीन दिने नेपाल भ्रमणमा रहेका यी शुक्रबार नयाँ दिल्ली हुँदै काठमाडौं आएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_II%20(7).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_II%20(11).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_II%20(9).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_II%20(12).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/wang%20yi_2.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi_II/Sher_Bahadur_Deuba_Wang_Yi_1648303259.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Photo-Feature/wang%20yi/wang%20yi%20(8).jpg)