एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण
![एनसेलद्वारा लैनचौर मैदान पुनर्निर्माण](https://www.himalkhabar.com/uploads/posts/800X600/Friendly_match_2_1647000905.JPG)
एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको लैनचौर मैदानको पुनर्निर्माण गरेको छ।
पुनर्निर्माण तथा स्तरोन्नति गरिएको लैनचौर मैदानलाई एक समारोहबीच काठमाडौं महानगरपालिका–२६ लाई हस्तान्तरण गरिएको छ। योसँग मैदान सर्वसाधारणका लागि खुला गरिएको छ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० रूख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन्। स्थानीय समुदाय र वडा नं. २६ को अनुरोधमा एनसेलले यसको निर्माण र मर्मतसम्भारको जिम्मेवारी लिएको थियो। कम्पनीले आगामी २ वर्षसम्म मर्मत सम्भार गर्ने जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Sports/laimchaur%20ground%20%282%29.JPG)
मैदानमा अन्तर्राष्ट्रियस्तरको एस्ट्रोटर्फ बिच्छाई मिनी फूटबल मैदान बनाइएको छ। वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको जनाइएको छ।
“एक जिम्मेवार कर्पोरेट कम्पनीका रूपमा एनसेलले दिगो विकास र वातावरण संरक्षणलाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आएको छ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, “हाम्रो यही प्रतिबद्धताअनुरूप स्वच्छ, स्वस्थ र सफा शहर निर्माणमा योगदान गर्दै यस बहुद्देश्यीय लैनचौर मैदानको पुनर्निर्माण गरेका हौं।”
काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्याम तिवारीले मैदान पुनर्निर्माणले आफूहरू उत्साहित भएको बताए।