जसपाले आगामी असारमा विधान अधिवेशन गर्ने
जनता समाजवादी पार्टी (जसपा), नेपालले आगामी असारमा विधान अधिवेशन गर्ने भएको छ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको १६ फागुनको बैठकले १ र २ असार २०७९ मा अधिवेशन गर्ने निर्णय गरेको जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार, २८ फागुनमा संघीय परिषद् तथा २९ र ३० फागुनमा केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरिएको छ।