एमसीसी पारित गर्ने शर्तमा महाअभियोग प्रस्ताव ल्याइएको होइनः देव गुरुङ
नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) र प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावबीच कुनै सम्बन्ध नभएको दाबी गरेका छन्।
बुधबार काठमाडौंमा बसेको माओवादी संसदीय दलको बैठकपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिंदै गुरुङले आफूहरू एमसीसीको विपक्षमा रहेको बताएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध एमसीसी पारित गर्ने शर्तमा महाअभियोग प्रस्ताव आएको हो कि भन्ने प्रश्नमा गुरुङले भने, “यो झूटो प्रचार हो, यसमा कुनै सत्यता छैन।”
संसद्मा एमसीसी टेबुल भए आफूहरूले त्यसको विपक्षमा मतदान गर्ने निर्णय भएको गुरुङले जानकारी दिए।