४ जेठमा स्थानीय चुनाव गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता
प्रधानमन्त्री शेरबहादुर देउवाले ४ जेठ २०७९ मा स्थानीय चुनाव गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री देउवाले मंगलबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा यस्तो प्रतिबद्धता जनाएका हुन्।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले हिमालखबरसँग भने, “हामीले ४ जेठमा गरौं भन्ने परामर्श दियौं, प्रधानमन्त्रीज्यूले हुन्छ त्यही मितिमा गरौं, तयारी गरिहाल्नुस् भन्नुभयो।”
आयोगले सरकारलाई ६ पृष्ठको सुझाव पेश गरेको छ। आयोगले यसअघि वैशाखमा स्थानीय चुनाव गर्नुपर्ने प्रस्ताव गरेको थियो।
५ जेठ २०७९ मा स्थानीय तहका पदाधिकारीहरूको पदावधि सकिंदै छ। स्थानीय तह निर्वाचन ऐनमा निर्वाचन आयोगसँगको परामर्शपछि सरकारले मिति घोषणा गर्ने प्रावधान छ।