चिकित्सा शिक्षाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित तीन पक्राउ
![चिकित्सा शिक्षाको परीक्षामा सहभागी नक्कली परीक्षार्थी सहित तीन पक्राउ](https://www.himalkhabar.com/uploads/posts/1580972875cib_building.jpg)
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी/एमएसको प्रवेश परीक्षामा सहभागी तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नक्कली परीक्षार्थी र बिचौलियाको आशंकामा उनीहरूलाई पक्राउ गरेको हो। सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार, नक्कली परीक्षार्थीका रूपमा सहभागी भएका भारतको उत्तर प्रदेशस्थित गोन्डाका ३० वर्षीय जितेन्द्रकुमार मिश्रा र बिहारका ३४ वर्षीय शशिभूषण सिंहलाई पक्राउ गरिएको हो।
दुवै जनालाई कलंकीस्थित एलआरआई परीक्षा केन्द्रबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ। नक्कली परीक्षार्थीलाई सहयोग गर्ने बिचौलियाका रूपमा क्रियाशील रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
यस्तै, भारतको बिहारस्थित खगरियाका ३२ वर्षीय कृष्ण मुरारि पनि पक्राउ गरिएको छ। उनलाई नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पक्राउ गरिएको हो। परीक्षामा अमर्यादित कार्य गरेको आरोप उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।