आइएमईको नयाँ वर्ष योजना
आइएमईले ‘आइएमई नयाँ वर्षको उपहार, जितौं हजारौं हजार’ भन्ने नाराका साथ अंग्रेजी नयाँ वर्षको योजना ल्याएको छ।
योजनामा ‘लक्की ड्र’ मार्फत ४ देशबाट ४ जना साप्ताहिक विजेता छनोट गरिनेछन्। यसरी छनोटमा परेका प्रति सेवाग्राहीले रु.१० हजार उपहार पाउनेछन्।
बम्पर उपहार योजनामा पनि सोही देशबाट ४ जना विजेता छनोट हुनेछन्। छनोटमा परेका प्रति सेवाग्राहीले रु.४० हजार बम्पर उपहार जित्ने कम्पनीले जनाएको छ।
कुवेत, मलेशिया, कतार र संयुक्त अरब इमिरेट्सबाट आइएमई मार्फत नेपाल पैसा पठाउने सेवाग्राही यो योजनामा सहभागी बन्न पाउनेछन्।
योजना २३ डिसेम्बर २०२१ देखि ४ फेब्रुअरी २०२२ (८ पुसदेखि २१ माघ २०७८) सम्म ४३ दिन कायम हुनेछ।