कांग्रेस सभापतिमा ६ जना उम्मेदवार
![कांग्रेस सभापतिमा ६ जना उम्मेदवार](https://www.himalkhabar.com/uploads/posts/800X600/congress_1_1639224875.png)
नेपाली कांग्रेसको सभापति पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा, विमलेन्द्र निधि, डा. शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको नामावली प्रकाशन गरेको छ।
महाधिवेशन देउवा र डा. कोइरालाले टिम बनाएर उम्मेदवारी दिएका छन्। त्यस्तै, निधि र सिंहले उपसभापति र महामन्त्रीमा उम्मेदवार बनाएका छन्। गुरुङ र न्यौपानेले भने एक्लाएक्लै उम्मेदवारी दिएका हुन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आइतबारसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ। त्यसपछि सोमबार बिहान ८ बजेदेखि मतदान हुने कार्यसूची रहेको छ।